Skip to main content

कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाईने

Submitted by editor on
ईबिगुल संवाददाता
दादुरा–रुबेला

धनगढी : कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाईन लागेको हो ।

स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।

नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा ९६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले जानकारी दिए ।

खोप अभियानमा एक हजार ९ सय २८ स्वयंमसेवक परिचालन गरिने र जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिरहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।