Skip to main content

प्रदेश सभा सदस्य प्रकाश बमले घरमै किन बोलाए आपुर्तीका निर्देशक डाक्टर अर्याललाई ?

Submitted by editor on
शिवराज भट्ट
प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन

धनगढी : नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले प्रदेश सभामा पहिलो पटक प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रको एकीकृत फोहरमैला ब्यवस्थापन प्लान्ट (माईक्रोवेभ) का बारेमा कुरा उठाए । 

त्यसपछि प्रदेश सभाको सामाजिक विकास समितिमा प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रको खरिद प्रकया कानून सम्मत नभएको र मिलेमतो भएको भन्दै उजुरी प¥यो । प्रदेश सभा सदस्य प्रकाश बम आफै सामाजिक विकास समितिका सदस्य पनि हुन । आफैले संसदमा उठाएको कुरामा उजुरी परेपछि सामाजिक विकास समितिले त्यसको छानबिन सुरु ग¥यो । 

सामाजिक विकास समितिले, सामाजिक विकास मन्त्रालयलाई त्यस बारेमा छानबिन गरि प्रतिवेदन बुुझाउन निर्देशन दियो । सामाजिक विकास मन्त्रालयले आर्युबेद चिकित्सक डाक्टर चेतराज जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन ग¥यो । 

समितिमा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, मन्त्रालयकै लेखा अधिकृत कृष्ण बहादुर शाही, शाखा अधिकृत भुवन जोशी सदस्य र मन्त्रालयकै कानून अधिकृत दान बहादुर सुनार सदस्य सचिवमा नियुक्त भए । 

उक्त छानविन समितिले २०८० सालकै पुसको २५ गते ६ पन्नाको छानविन प्रतिवेदन सामाजिक विकास समितिमा बुुझाई सकेको छ । छानविन समितिको प्रतिवेदनको निष्कर्षमा उक्त खरिद प्रकृयामा कुनै पनि त्रुटी नदेखिएको र कानूनसम्मत नै रहेको उल्लेख छ । 

‘सार्वजनिक निकायले खरिदका क्रममा अपनाउनुपर्ने विधि र प्रकृया सार्वजनिक खरिद ऐन २०६३ र निममावली २०६४ मा भएको ब्यवस्था अनुसार नै भएको छ । बार्षिक खरिद योजना÷ गुरुयोजना, लागत अनुमानको तयारी र स्विकृती, खरिद विधिको छनौट, टेक्नीकल स्पेसीफिकेशनको तयारी, बोलपत्रको योग्यता निर्धारण तथा बोलपत्र सम्बन्धि कागजातको निर्माण, स्विकृत र मुल्यांकन समेतमा अपनाउनुपर्ने चरणहरु अपनाएको देखिन्छ’ छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

तर सामाजिक विकास समितिले यो प्रतिवेदन माथि समितिमा छलफल नै गरेन । आईतबार बसेको सामाजिक विकास समितिको बैठकमा समितिकै केही सदस्यहरुले मन्त्रालयको छानविन रिपोर्ट आएको छ र ? भनेर प्रश्न गरेपछि पनि यस प्रतिवेदनमा कुनै कारवाही नै नभएको प्रष्ट हुन्छ । 

यतीसम्म होईन, सामाजिक विकास समितिले छानविन प्रतिवदेन आएपछि सामाजिक विकास मन्त्री झपट साउद र कार्यबाहक सचिव गणेश बहादुर सिहलाई समितिमै बोलाएर सोधपुछ समेत ग¥यो । उक्त सोधपुछका क्रममा मन्त्री साउद र सचिव सिहले उक्त खरिद प्रकृयामा त्रुटी नरहेको जवाफ दिएका थिए ।

यत्रो विधिको छानबिन र सोधपुछ पछि पनि आईतबार प्रदेश स्वास्थ्य आपुुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई, बोलपत्रको स्पेसीफिकेशनको विवरण लिएर आउनुभन्दै समितिमा डाँकियो । उनले, बोलपत्र सम्बन्धी सबै कागजात समितिमा बुुझाई सकेको बताएका छन ।

तर पनि सामाजिक विकास समितिको चित्त बुुझेको छैन । सामाजिक विकास समितिले आईतबारको बैठकमा बहुमतको दम्भ देखाउदै कुनै पनि कारण नदेखाएर प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख डाक्टर अर्याललाई जिम्मेवारीबाट हटाउन सामाजिक विकास मन्त्रालयलाई पत्र पठाउने निर्णय ग¥यो । त्यो निर्णयका आधारमा सोमबार डाक्टर अर्याललाई जिम्मेवारीबाट हटाउने निर्देशन गरिएको पत्र सामाजिक विकास मन्त्रालयमा दर्ता पनि भईसकेको छ । यद्यपी सामाजिक विकास समितिको उक्त निर्देशनात्मक पत्रमा मन्त्रालयले के कारवाही गर्छ ? त्यो भने हेर्न बाँकी छ । 

समितिले आईतबार नै काठमाण्डौंबाट बायोमेडिकल ईन्जिनियर बोलाएर छानविन गर्ने अर्को हास्यास्पद निर्णय पनि गरेको छ । सामाजिक विकास मन्त्रालयले गठन गरेको छानविन टोलीमा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाबाटै झिकाईएका बायोमेडिकल ईन्जिनियर आशिष चौहान पनि सदस्य छन । 

प्रदेश सभा सदस्य बमको ईच्छा के थियो ?
डाक्टर निरज अर्याललाई प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले पटक पटक फोन गरेर उनलाई आफ्नो घरमा बोलाएको खुलेको छ । डाक्टर अर्यालले माननीयले घरमै बोलाएपछि आफुै घरमै गएको स्वीकार गरे । 

प्रदेश सभा सदस्य मात्र होईन बम सामाजिक विकास समितिका सदस्य पनि हुन । सामाजिक विकास समितिको आईतबारको बैठकमा उनले डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय नगर्ने हो भने, कुनै मिडियामा उनले लगाएको आरोप उपर आफुमाथि छानविन हुनुपर्ने बताएका थिए । 

मिडियामा केही सांसदहरुले बोलपत्र नपरेका ब्यवसायीको उक्साहटमा खरिद प्रकृया रोक्न लागेको भन्दै डाक्टर अर्यालले आरोप लगाएका थिए । 

हो, अब सामाजिक विकास समिति वास्तवमै निश्पक्ष भएर काम गर्ने हो, समितिले जनताको पक्षमा काम गर्ने हो, समितिले अनियमितता हटाउन र भ्रष्टाचार, कमिशनतन्त्र रोक्न काम गर्ने हो भने प्रदेश सभा सदस्य बमले डाक्टर अर्याललाई घरमा किन बोलाए, त्यसको पनि छानविन गर्नुपर्छ । 

प्रदेश सभामा उनको पार्टीको संसदीय दलको कार्यालय छ । उनी आफै सदस्य रहेको सामाजिक विकास समितिको कार्यालय छ । प्रदेश सभा सदस्य बमले डाक्टर अर्याललाई कार्यालयमा नबोलाएर किन आफ्नो घरमा बोलाए ? प्रदेश सभा सदस्य बमको घरमै बोलाउने उद्देश्य के थियो ? त्यसको छानबिन सामाजिक विकास समितिले गर्नुपर्छ ।

यस्तो थियो खरिद प्रकृयामा 
आपुर्ती ब्यवस्थापन केन्द्रले प्रदेश सरकारले उपकरण खरिदका लागि चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेटबाट टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालका लागि फोहरमैला व्यवस्थापन खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

उक्त उपकरण खरिदका लागि ६ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । बायोमेड ईन्टरनेशनल प्रालि काठमाण्डौं, क्लिनटेक प्रालि काठमाण्डौं, दिब्या कन्सर्न प्रालि काठमाण्डौं, हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं, जनमुक्ति हेल्थ ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं गरी ६ कम्पनीले बोलपत्र पेश गरेका थिए । 

ती मध्ये हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं मात्रै प्राविधिक मुल्यांकनको छनौटमा परेका छन । तर हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौंले आईएसओ ९००१ को मिति नाघेको प्रमाणपत्र पेश गरेको पाईएकाले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि प्राविधिक मुल्यांकनमा पास भएको थियो । आपुर्ती ब्यवस्थापन केन्द्रले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालीसँग ७ करोड ३१ लाखमा आपुर्ती सम्झौता गरिसकेको छ ।

एमालेको नोट अफ डिसेन्ट 
नेकपा एमालेले भने सामाजिक विकास मन्त्रालयले गरेको छानविन प्रतिवेदन उपर छलफल नभएको भन्दै नोटअफ डिसेन्ट लेखेको छ । एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले यसै विषयमा केही दिनअघि सामाजिक विकास मन्त्री झपट साउद र सचिव गणेश बहादुर सिहले पनि टेन्डर प्रकृया ठिक छ भनेर रिपोर्ट नै दिएको बताए । 

‘एउटै घटनाका लागि कतिपटक छानविन गर्ने ? सामाजिक विकास मन्त्री र सचिवले गठन गरेको समितिले सबै प्रकृया ठिक छ भनेर प्रतिवेदन नै बुझाएपछि, निर्देशक अर्याललाई मात्र किन कारवाही गर्ने ? मन्त्री र सचिवलाई पनि कारवाहीको निर्देशन गरौं भन्दा बहुमत सदस्यहरु मानेनन, हामीले नोट अफ डिसेन्ट लेख्यौं’ पाठकले भने ।