Skip to main content

नवजीवन अस्पतालमा विपन्नका लागि निशुल्क डायलासीस सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
डायलासिस सेवा

धनगढी : धनगढीको नवजीवन अस्पतालमा विहीबार देखि निशुल्क डायलासिस सेवा सञ्चालन भएको छ । नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत नवजीवन अस्पताल र सुदूरपश्चिम ईन्टरनेशनल डायलासिस सेन्टरको साँझेदारीमा सेवा सञ्चालनमा आएको हो ।

डायलासिस सेवाकी युनीट ईञ्चार्ज अञ्जना तंडुकार श्रेष्ठले डायलासिस आवश्यक भएका विरामीले स्थानीय तहको विपन्न सिफारिस पत्र ल्याएमा उनको निशुल्क डायलासिस हुने बताईन ।

नेपाल सरकारले विपन्न बर्गका लागि हरेक पटकको डायलासीसका लागि २५ सय रकम दिदै आएको छ । अस्पतालले उक्त रकम सरकारसँग दाबी गर्ने र विरामीले निशुल्क सेवा पाउने श्रेष्ठले बताईन । ‘डायलासीस गर्दा अरु कुनै पनि रकम खर्च हुदैन । विरामीलाई अरु रोगको औषधी बाहेक डाललासीसको भने कुनै खर्च लाग्दैन’ श्रेष्ठले भनिन । 

अहिले ६ वटा मेसिनबाट २४ घण्टा नै डायलासिस सेवा सञ्चालन हुने श्रेष्ठले बताईन । २४ घण्टामा २० जना विरामीलाई सेवा दिन सकिने छ ।

यस्तै नजजीवन अस्पतालले आफ्नो १८ औं वार्षिकोत्सव पनि मनाएको छ । वार्षिकोत्सवका आवसरमा अस्पताल परिषरमै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ४१ जनाले रगत दान गरेको अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए ।