Skip to main content

बढ्यो दौडधुप, काँग्रेस सभापति देउवा दाहाल निवास बालुवाटारमा

Submitted by editor on
ऐजन्सीहरुको सहयोगमा
बढ्यो दौडधुप, काँग्रेस सभापति देउवा दाहाल निवास बालुवाटारमा

काठमाडौं : गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन् ।

गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ । कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए । 

राष्ट्रियसभा अध्यक्षमा दुबै पाटीले उम्मेद्वारी दिने भएपछि माओवाद केन्द्र र कांग्रेसबीच मनमुटाव बढेको छ । प्रधानमन्त्री दाहालले शृखलाबद्धरुपमा नयाँ समीकरणका लागि एमाले अध्यक्षसँग छलफल बढाएपछि देउवा उनीसँग चिढिएका छन् ।