Skip to main content

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
दोस्रो अधिवेशन सुरु

अत्तरीया (कैलाली ) : शनिबार देखि कैलालीको गोदावरीमा सुरु भएको छ । अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमबीच उदु्घाटन गरे । महासंघको नयाँ प्रदेश नेतृत्व समेत चयन हुने अधिवेशनमा प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले शताब्दीयौंदेखि उच्च सील्पकार रहेका सुनचाँदी व्यवसायीलाई राज्यले उच्च सम्मान दिनुपर्ने बताए । उनले भने ‘प्रदेश सरकार सुनचाँदी व्यवसायलाई सुरक्षित तथा मर्यादित बनाउन गम्भीर छ ।’

मुख्यमन्त्री शाहले संघीय सरकारले अझैं पनि कतिपय आवश्यक कानुन नबनाएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको दोहो¥याए । कार्यक्रममा संविधान सभा सदस्य हरि श्रीपाइली, महासंघका तृतीय केन्द्रीय उपाध्यक्ष बिपेन्द्र रामुदामुले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

महासंघका प्रदेश अध्यक्ष सन्तोष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवसायीहरुले अहिले करिब ६० प्रतिशत सुनचाँदी (गहना) ग्राहकहरूबाट खरिद गर्ने गरेको र ४० प्रतिशतमात्रै सरकारबाट कच्चा सुुनचाँदी किन्न पाउने अवस्था रहेको बताए । कार्यक्रममा महासंघका प्रदेश सदस्य शकुन्तला सोवले स्वागत गरेकी थिइन् ।