Skip to main content

कैलालीको गोदावरीकी कमला भन्छिन, ‘बाँच्ने रहर छ, बचाई दिनुस’

Submitted by editor on
अहिले अत्तरियामा कमलाको उपचारको लागि आर्थिक संकलन सुरु गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले कमला बचाउ अभियान सुरु गरेका छन् ।
शिवराज भट्ट
कैलालीको गोदावरीकी कमला भन्छिन, ‘बाँच्ने रहर छ, बचाई दिनुस’

कैलाली : कैलालीको गोदावरी २ मा सानो जस्ताले छाएको कटेरोमा बस्छीन ३६ वर्षिया कमला विष्ट । उमेरले ३६ वर्ष तर मुटुु विग्रेको ३ वर्ष भयो । धनगढी र नेपालगञ्जका अस्पताल चहारि सकेकी छिन उनले । उनको मुटुको भल्ब फेर्नुपर्ने भएको छ । 

४ वर्षदेखि उनको श्रीमान खासै सम्पर्कमा छैनन । कहिले काँही अएपछि आफै विरामीको भएको बताउने उनले आर्थिक अवस्थाका कारण खासै चासो नदिने गरेको स्थानीयले बताए । १४ वर्षकी छोरी छिन, जो आमाका कारण विद्यालय जान सकिरहेकी छैनन । ‘मलाई छोरीकै लागि भएपनि बाँच्ने रहछ छ, मलाई बचाई दिनुस’ उनले भनिन । 

२०७७ चैत्र १४ गते भेरी अस्पताल पुगेकी उनलाई गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गएर अपरेसन गर्न सुझाएको भए पनि उनको आर्थिक अवस्थाले अझै त्यो सम्भव हुन सकेको छैन । नेपालगन्ज पुग्नु अघि नै ठूलो रकम उपचारमा खर्च गरिसकेकी उनले थप उपचारका लागि अढाई लाख खर्च हुने भनेपछि काठमाण्डौं जाने आट गर्न सकिनन् । 

तीन वर्ष देखि मुटुरोगको विरामी कमलालाई, स्थानीय छरछिमेकले चन्दा संकलन गरेर अहिले सम्म औषधी उपलब्ध गराइरहेका छन् । तर, मुटुको भल्भ फेर्नुपर्ने भएपछि उपचारमा समस्या भएको आफन्त बेलु विष्टले बताइन् ।

‘हामीले अहिले सम्म  २ लाख भन्दा बढि चन्दा उठाएर बचाएका छौँ’ उनले भनिन । ‘काठमाडौँको गंगालाल ह्दय केन्द्र लैजान भन्नु भएको छ त्यहाँ सम्म लैजाने र उपचार गर्न पैसा नभएर अहिले घरमै हुनुहुन्छ ।’

कमलालाई मासिक चार हजार भन्दा बढिको औषधी खुवाउनु पर्नेभएको आफन्तले बताए । त्यहि रकम जोहो गर्न पनि समस्या भइरहेका बेला भल्ब फेर्ने रकम अभाव भएको हो ।

कमलाका श्रीमान् करिब ४ बर्सदेखि सम्पर्कविहीन छन् । कमलासँग १४ बर्षिया छोरीमात्रै साथमा छिन । आर्थिक संकटले छोरीको पढाई प्रभावित भएको छ । आर्थिक अभावका कारण अहिले कमलाको उपचार रोकिएको छ भने, छोरीको अध्ययनमा प्रभाव परेको आफन्तहरुले बताए ।

अहिले अत्तरियामा कमलाको उपचारको लागि आर्थिक संकलन सुरु गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले कमला बचाउ अभियान सुरु गरेका छन् ।

‘रकम नभएरै उपचार गर्न नपाउने अवस्था आउनु विडम्बनापूर्ण हो’ उनले भने । ‘हामीले आर्थिक संकलन सुरु गरेका छौँ धेरैले सहयोग गर्न थाल्नु भएको छ ।’

कमला बचाउ अभियानमा अहिले जोडिनेहरूको संख्या बढिरहेको उनले बताए । । उनले आफ्नै ई सेवा नम्बर दिएर रकम संकलनको अभियान सुरु गरेका हुन् । उनले सहयोग गर्न चाहनेले ९८५१०३६४४४ नम्बरमा सहयोग रकम उपलब्ध गराउन सक्ने र त्यस बारेमा जानकारी दिन आग्रह गरेका छन् ।