Skip to main content

धनगढी उपमहानगरभीत्रका पाँच नमूना विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदै

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरपालिका

धनगढी : नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उपममहानगरका पाँच वटा नमुना विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिउको छ । 

उपमहानगरका वडा नम्बर ९ को भवानी माध्यमिक विद्यालय, वडा नम्बर ११ को ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १२ को सिद्धार्थ माध्यमिक विद्यालय, वडा नम्बर १६ को बेहडा बाबा र १८ को चन्द्रोदय माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिएको हो ।

नगरको शिक्षामा सुधार गर्ने अभियान अन्तर्गत उपमहानगरका यी पाँच वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको थियो । नमुना विद्यालय घोषणा गरिएका विद्यालयमा उपमहानगरले यो वर्ष एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गर्ने निमिक्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए ।

स्मार्ट बोर्ड र शिक्षकहरूलाई आवश्यक तालिम दिएपछि ती विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पाँचवटा सामुदायिक विद्यालयमा नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु गरेको हो ।

‘यो वर्ष हरेक विद्यालयमा पाँच÷पाँच वटाका दरले ५० थान स्मार्ट बोर्ड वितरण गरिनेछ । चन्द्रोदय र सिद्धार्थ माध्यमिक विद्यालयमा स्मार्टबोर्ड जडान गरिएको छ भने बाँकी तीन विद्यालयमा जडानको काम भइरहेको छ’ खातीले भने । 

कक्षा कोठामा स्मार्टबोर्ड जडान भएपछि पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्माण गरेका लर्निङ्ग पोर्टल प्रयोग गरेर कक्षाकोठामा सिकाइ क्रियाकलाप गर्न सहज हुने अधिकृत खातीले बताए ।

सामुदायिक विद्यालयको पठनपाठन सबल र प्रतिस्पर्धी बनाउन उपमहानगरपालिकाले कक्षाकोठामा स्मार्टबोर्डको माध्यमबाट शैक्षिक क्रियाकलाप गर्ने नीति लिएको छ ।