Skip to main content

मुटुरोगबाट थलिएकी कैलालीको गोदावरीकी कमला गंगालालमा भर्ना

Submitted by editor on
शिवराज भट्ट
मुटुरोगबाट थलिएकी कैलालीको गोदावरीकी कमला गंगालालमा भर्ना

अत्तरीया (कैलाली) : मुटुरोगले थलिएकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ की कमला विष्टलाई सोमबार गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना गरिएको छ । तीन वर्ष देखि मुटुरोगबाट पीडामा रहेकी कमलालाई गोदावरी नगरपालिकाकै एमाले नेता गोकर्ण भट्टको पहलमा सोमबार काठमाण्डौं पठाईएको हो ।

उनलाई सोमबार नै बासबारी स्थित गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना  गएिएको छ । काठमाण्डौंमा पूर्वमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझा सहितका युवाहरुले विष्टलाई अस्पताल भर्ना गराएका हुन । 

कमलाका श्रीमान तारा विष्ट ५÷६ वर्ष देखि बेपत्ता छन । क्षयरोगको औषधी खाँदा खाँदै ६ वर्ष अघि भारत जान्छु भनेर हिडेका उनी त्यसपछि घर फर्किएका छैनन । आफु विरामी अवस्थामै रहेका तारा विरामी श्रीमती छोडेर भारततिर लागेका हुन ।

अहिले कमलासँग १३ वर्षको छोरी रोसनी मात्रै छन । रोसनी दुुर्गा लक्ष्मी उच्च माविमा कक्षा ८ मा पढिरहेकी छिन । ८ को बोर्ड परिक्षा दिएर रोसनी आमा सँगै अस्पताल गएकी छिन । 

कमला थलिएको खबर थाहा पाएपछि भट्टले अत्तरीयामा आर्थिक संकलन अभियान सुरु गरेका थिए । देशविदेशबाट धेरै नेपालीहरुले कमलाको उपचारका लागि सहयोग गरेका छन । सोमबार सम्म कमलाको उपचारका लागि ३ लाख ८० हजार भन्दा बढी रकम संकलन भईसकेको छ ।

‘छोरी रोसनीकै लागी भएपनि बाँच्ने रहर छ, भन्ने समाचारहरु देखेपछि म घरमै पुगे । आर्थिक अवस्था एकदमै कमजोर रहेछ । छोरीसँग परिक्षामा कलम किन्न पनि पैसा रहेन रहेछ । छिमेकीहरुले चन्दा संकलन गरेर मुटुको औषधी किनि दिदा रहेछन । अनी यस्तो अवस्था देखेर उनको उपचारका लागि अभियान सुरु गरेका हौं’ एमाले नेता गोकर्ण भट्टले भने ।

२०७७ चैत्र १४ गते भेरी अस्पताल पुगेकी उनलाई गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गएर अपरेसन गर्न सुझाएको भए पनि उनले आर्थिक अवस्थाका कारण जान सकेकि थिईनन । ‘थप उपचारका लागि अढाई लाख खर्च हुने भनेपछि काठमाण्डौं जाने आट आएन, छिमेकीहरुले चन्दा उठाएर औषधी किनि दिने गरेका थिए । अहिले सबैले सहयोग गरेर मलाई काठमाण्डौं पठाए, मलाई सहयोग गर्ने सबैको भलो होस’ धनगढी विमानस्थलमा कमलाले भनिन ।

कमलालाई गंगाला राष्ट्रिय ह्दय केन्द्रका बरिष्ठ मुटुरोग विषेशज्ञ डाक्टर अरुण मास्केको टोलीले हेरिरहेको छ । ‘सोमबार देखि उपचार सुरु भईसकेको छ । धेरै टेस्टहरु भईरहेका छन । टेस्टको रिपोर्ट हेरेर चिकित्सहरुले के गर्ने भने निर्णय लिनेछन’ काठमाण्डौंमा रहेका युवा नेता हितेश ओझाले भने ।