Skip to main content

शैक्षिक सत्र सुरुहुनु अगावै सुदूरपश्चिममा बाजुुराबाट पाठ्यपुस्तक वितरण सुरु

Submitted by editor on
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रमुख रामबहादुर कुवर भन्छन, ‘यसपाली पाठ्यपुस्तक अभाव हुन दिन्न ।’
शिवराज भट्ट
‘यसपाली पाठ्यपुस्तक अभाव हुन दिन्न ।’


धनगढी : हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने समयमै पाठ्यपुस्तक वितरण सुरु भएको छ । प्रदेशको सबैभन्दा दुुर्गममा रहेको बाजुरा जिल्लाका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण सुरु भएको हो ।

हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने शैक्षिक सत्र  सुरु हुन अगावै पाठ्यपुस्तक वितरण सुरु भएको हो । बाजुराको अतिबिकट कोल्टी क्षेत्रका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण भएका छन । कोल्टी क्षेत्रको स्वामीकार्तिक खापर गाउपालिकाका लागि पुस्तक ब्यवसायी नरेश जंग शाहीले २५ लाख मूल्यका पुस्तक लगेका छन । 

‘यसपाली गतवर्षको भन्दा एक महिना अगाडि नै पाठ्यपुस्तक पाएका छौं । चाहिने जति सेटमै पुस्तक पाईका पनि छन । यसपाली विद्यार्थीहरुले समयमै पुस्तक पाउनेछन’ शाहीले भने । ‘जनक शिक्षाको यसपालीको योजना राम्रो लाग्यो ।’

जनक शिक्षाले चैत्र १५ र १६ गते दार्चला, १७ गते बझाङ, १८ गते बैतडी, १९ गते अछाम, २० गते डोटी, २१ गते डडेल्धुरा, २२,२३ र २४ गते कञ्चनपुर र चैत्र २५,२६ र २७ गते कैलालीका व्यवसायीलाई पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको छ ।

बाजुराकै त्रिबेणी नगरपालिकाका लागि पुस्तक ब्यवसायी टेक बहादुर थापाले पनि पुस्तक लगेका छन । ‘गतवर्ष बैशाखको मध्यतिर पनि पुरै सेटमा पुस्तक पाईएको थिएन, यसपाली समय तालिका तोकेरै पुस्तक पाईएकाले विगतको जस्तो अभाव नहुने आशा पलाएको छ’ थापाले 
भने ।

बझाङको केदारस्युगाउँपालिकाका पुस्तक ब्यवसायी प्रयागराज धामी पनि पुस्तक लिन भनेर धनगढीमा रहेको जनक शिक्षा सामाग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालय पुगेका छन । यद्यपी बझाङका लागि भने १७ गते मात्रै पुस्तक पाईनेछन । ‘१७ गते पुस्तक पाईएपनि त्यहाँको माग अनुसारको पुस्तकको तयारी गरेको छु । जनक शिक्षाले प्रयाप्त रुपमा सेटमै पुस्तक रहेको जनाएको छ’ उनले भने ।

जनक शिक्षा सामाग्री केन्द्र, सुदूरपश्चिमले यसपाली सुदूरपश्चिमका लागि १९ लाख थान पुस्तक आवश्यक रहेको अनुमान गरेको छ । गत शैक्षिक सत्रमा १७ लाख पुस्तक खपत भएका आधारमा यसवर्षको अनुमानित पुस्तकको संख्या तय गरिएको हो । यसवर्ष पुस्तक ब्यवसायी र जनक शिक्षाका पदाधीकारीबीच पुस्तक वितरणमा सहजताका लागि बैठकहरु पनि भएका छन । 

‘यसपाली हामीले १९ लाख थान पुस्तक खपतको अनुमान गरेका छौं । त्यस मध्ये ८० प्रतिसत किताब गोदामा आईसकेका छन । तर गोदाम कम क्षमताको भएकाले भण्डारण गर्न सकिएको छैन’ जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख राम बहादुर कुवरले भने ।

उनले केन्द्रमा पुस्तक प्रकाशित भईसकेपनि गोदाम अभावका कारण सत प्रतिसत भण्डारण गर्न नसकिएको बताए । ‘तर पनि २० प्रतिसत मात्रै पुस्तक आउन बाँकी छ । बाजुरा र बझाङका पुस्तक जाने वित्तिकै गोदाममा ठाउँ खाली भई हाल्छ । अनी बाँकी रहेका २० प्रतिसत पुस्तक पनि आई हाल्छन’ कुवरले भने ।

उनले यसपाली पाठ्यपुस्तकको अभाव नहुने दाबी गरे । ‘यसपाली जनक शिक्षासँग काजगको पनि कमि छैन । गत वर्ष नै छाप्ने मेसिन थपिएका छन । ब्यान्डिङ मेसीनको अभाव थियो, २ वटा ब्यान्डिङ मेसिन पनि थपिएका छन । यसपाली हामीले शैक्षिक सत्र सुरु हुन अगावै तालिका बनाएर पुस्तक वितरण पनि सुरु गरिसकेका छौं’ कुवरले भने । ‘यसपाली पुस्तकको अभाव हुन दिने छैन ।’

जनक शिक्षाले यसपाली कक्षा ३ र ४ का पाठ्यपुस्तक पनि २० प्रतिसत कमिशनमा विक्रि सुरु गरेको छ । यसअघि कक्षा १ देखि ५ सम्मका पुस्तक नीजि क्षेत्रलाई छपाईको जिम्मा दिईएको थियो । ‘नीजि क्षेत्रले समयमा पुस्तक छाप्न पनि सेकन । हामी नीजि क्षेत्रको भर पर्ने तर उनीहरुले समयमा पुस्तक वितरण नगरेका कारण आलोचना भयो । यसपाली जनक शिक्षाले ३ र ४ को पनि पुस्तक वितरण गररहेको छ’ कुवरले भने ।

जनक शिक्षाले सामुदायीक विद्यालयका अंग्रेजी माध्यमका पुस्तक पनि पर्याप्त मात्रामा रहेका जनाएको छ । ‘अंग्रजी माध्यमका पुस्तक पनि सेट मै आएका छन । ऐच्छिक बाहेक अहिले पर्याप्त पुस्तक आएका छन’ कुवरले भने ।