Skip to main content

होलीबाट बचेको रकम अनाथ वालिकाको सल्यक्रियाका लागि सहयोग

Submitted by editor on
ईबिगुल संवाददाता
उपचारका लागि खर्च

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले होलीबाट बचाएको पैसा अनाथ बालिकाको उपचारका लागि खर्च गरेको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले होली खेलेर संकलन भएको रकमबाट आवश्यक खर्च कटाएर बचाएको १५ हजार रुपियाँ हात भाचिएर उपचारमा आर्थिक अभावको समस्या भोगिरहेकी मोनिका टमटाको उपचारका लागि दिइएको हो ।

अनाथ बालिका मोनिका टमटा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइ । ‘होलीकै समयमा विद्यालयबाट फर्किने बेला लडेर हात भाचिएपछि गाउँपालिकाले २५ हजार आर्थिक सहायता दिएर गाउँपालिकाकै एम्बुलेन्समार्फत सल्यक्रिया का लागि सेती प्रादेशीक अस्पताल कैलाली धनगढी पठाएको हो’ मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले भने ।

सेती प्रादेशीक अस्पतालमा बालिकाको मंगलबार सल्यक्रिया पनि भएको छ । उनलाई बुधबार डिस्चार्ज गरिएको छ । मालिकार्जुन गाउँपालिकाको होलीबाट संकलन भएको रमम बचाएर १५ हजार सल्यक्रियाका लागि पठाइएको ठगुन्नाले बताए ।