Skip to main content

दार्चुलाको मालिकार्जुनमा भीरबाट लडेर वडासचिवको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
भीरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

वडाको कामकाजका लागि उनी पालिका आएका थिए । घटना हिजो भएको र प्रहरीले आज बिहान करिब साढे ८ बजेतिर जानकारी पाएको जनाएको छ े। उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान छ । 

घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षक डम्मरदत्त भट्टको कमान्डमा टोली परिचालन गरिएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।