Skip to main content

नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय

धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरीराजमणी पोखरेलले बझाङमा जनक बुढालाई जिताउन आह्वान गरेका छन । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता पोखरेलले आफुनो पार्टीले एकल रुपमा बुढालाई उमेदवार बनाएको बताउदै नेता कार्यकर्तालmाई उनलाई जिताउन आह्वान गरे ।

‘हामीले उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेका छौँ’ प्रदेश सचिवालयको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उम्मेदवारको औपचारिक घोषणा पार्टी केन्द्रले गर्नेछ।’ 

बुढा २०७० को संविधान सभा सदस्य हुन् । २०५६ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीमा आवद्ध भएका उनी २०५८ मा भूमिगत भएका थिए । जनयुद्धकालमै अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, त्यसपछि पार्टीको बाजुरा र बैतडीको सचिव तथा लामो समय बझाङको जिल्ला अध्यक्ष तथा इन्चार्ज भएका थिए । 

बझाङ क्षेत्र नम्बर १ बाट काँग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बझाङमा एमालेले दमन भण्डारी र एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले भने उम्मेदवारको टुङ्गो लगाइसकेको छैन । काँग्रेसको जिल्ला र प्रदेश समितिले १० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । 

यस्तै संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रदेशमा पनि नयाँ समीकरणअनुसार सरकार गठन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता धामीले गठबन्धनको सरकार निर्माणका लागि जुनसुकै विकल्पमा पनि छलफल गर्न आफ्नो दल तयार रहेको बताए । 

गत २२ फागुनमा माओवादीले र २३ फागुनमा एकीकृत समाजवादीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएका थिए । अल्पमतमा परेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टी तथा एक सदस्य रहेको राप्रपा र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमत जुटाउने रणनीतिमा छन् ।