Skip to main content

पहाडि जिल्लामा एक हप्ताभीत्रै पुगे साढे ४ लाख पाठ्यपुस्तक, रकम निकासा नभएकाले समस्या

Submitted by editor on
ईबिगुल संवाददाता
पहाडि जिल्लामा एक हप्ताभीत्रै पुगे साढे ४ लाख पाठ्यपुस्तक, रकम निकासा नभएकाले समस्या

धनगढी : पछिल्लो एक हप्ताको अवधीमा सुदूरपश्चिमका ५ जिल्लामा साढे ४ लाख भन्दा बढी पाठ्यपुस्तक वितराण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४ गते देखि बाजुराबाट पाठ्यपुस्तक वितरण सुरु गरेको हो ।

‘बाजुरामा आवश्यक १ लाख २७ हजार पुस्तक मध्ये १ लाख १० हजार पुस्तक पुगिसकेका छन’  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख राम बहादुर कुवरले भने । ‘बाजुरामा लगभग ९० प्रतिसत भन्दा बढी पुस्तक पुगिसकेका छन ।’

बाजुरा पछि बैतडीमा पनि १ लाख ३२ हजार पुस्तक पुगिसकेका छन । त्यहाँ १ लाख ७७ हजार पुस्तक आवश्यक रहेकोमा ८० प्रतिसत भन्दा बढी पुस्तक पुगिसकेका हुन । ‘बैतडीमा पनि ८० प्रतिसत पुस्तक पुगिसकेका छन । यसवर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक पुगाउने लक्ष्य लिएका छौं’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख कुवरले भने ।

यस्तै बझाङका लागि आवश्यक एक लाख ७७ हजार पुस्तक मध्ये साढे ९७ हजार, दार्चुलाका लागि आवश्यष्क १ लाख २१ हजार पुस्तक मध्ये ९१ हजार ५ सय, अछामका लागि आवश्यक १ लाख ६५ हजार पुस्तक मध्ये साढे २७ हजार पुस्तक विक्रि भईसकेका कुवरले बताए ।

उनले अधिकांस स्थानीय तहले विद्यालयहरुलाई रकम निकासा नगरेका कारण पनि पुस्तक लैजानमा ढिलाई भईरहेको बताए । ‘हामीले स्थानीय तह अनुसार विक्रेता छनौट गरेका छौं । विद्यालयको खातामा स्थानीय तहबाट रकम निकासा हुनुपर्छ, अनी मात्रै आवश्यक मात्रामा पुस्तक विक्रि हुन्छन । धेरै पालीकाहरुले रकम नै निकासा नगरेको पाईयो’ कुवरले भने ।

उनले केही विद्यालयका प्रधानाध्यापकहरुले, विद्यालयको खातामा रकम आएपछि पनि लापरवाही गरेर पुस्तक विक्रेतालाई नदिएको बताए । ‘केही विक्रेताहरुको त्यस्तो पनि गुनासो आएको छ । हामीले समयमै पुस्तक पुगाउछौं भन्दा पनि नहुँदो रहेछ । त्यसका लागि पालीकाले समयमै विद्यालयको खातामा र विद्यालयले समयमै विक्रेतालाई रकम हस्तान्तरण पर्नुपर्ने हुन्छ’ कुवरले भने ।

उनले यसवर्ष कक्षा ५ को पुस्तक नीजि क्षेत्रलाई छाप्न नदिने भनिएकोमा केहीले गतवर्षकै पाठ्यक्रममा आधारमा पुस्तक प्रकाशन गरिरहेको बताए । ‘त्यसरी कक्षा ५ को पुस्तक यसवर्षबाट नीजि क्षेत्रले छाप्न पाउदैन, तर पुरानो मौज्दात रहेको भन्दै अहिले छापाखानाहरुले कक्षा ५ को पुस्तक छापेको पनि खबर आएको छ । यसमा सरकारको अनुगमन हुन सकेको छैन’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख कुवरले भने ।

उनले यसवर्ष पाठ्यपुस्तकको अभाव नहुने बताए । कैलाली, कञ्चनपुर, डडेृल्धुरा र डोटीका लागि भने केही दिनमा पुस्तक वितरण हुनेछन ।