Skip to main content

पाठ्यपुस्तक : सरकारीमा सुधारको आशा, नीजिमा कमिशनकै खेल

Submitted by editor on
शिवराज भट्ट
पाठ्पुस्तक : सरकारीमा सुधारको आशा, नीजिमा कमिशनकै खेल

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको युनीक बोर्डिङ स्कुलले गतवर्ष कक्षा १ देखि ७ सम्मका सबै पाठ्यपुस्तक परिवर्तन ग¥यो । उसले त्यसवर्ष  १२ प्रकारका पुस्तक ग्रीन पब्लिकेशनका लगाएको  थियो । उसको यसवर्षका पुस्तकको सूची त सार्वजनिक भएको छैन तर श्र्रोत भन्छ, ‘यसपाली उसले युनीक, एशीया र प्लाटिनम पब्लिकेशनका पुस्तक लगाउने तयारी छ ।’

धनगढीकै सार्वजनिक गुठी अन्तर्गतको चर्चित ऐश्वर्य विद्या निकेतनले पनि गतवर्ष कक्षा ९ र १० का सामाजिक, विज्ञान र गणितका पाठ्युस्तक परिवर्तन ग¥यो । तर यसवर्ष ऐश्वर्य विद्या निकेतनका पुस्तकको पनि सूची सार्वजनिक भएको छैन । ऐश्वर्यका सह–प्रधानाध्यापक सञ्जय पन्त भन्छन, ‘यसपाली हामीले कुनै पनि पुस्तक परिवर्तन गर्दैनौं ।’ 

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीका चर्चित र विद्यार्थी संख्या बढी अध्ययन गर्ने संस्थागत (नीजि) विद्यालयहरुले हरेक वर्ष पुस्तक परिवर्तन गर्दै आएका छन । धनगढीको अर्को ठुलो संस्थागत विद्यालय स्टेपिङ स्टोन ईंगलिस बोर्डिङ स्कुलले गतवर्ष पब्लिकेशन परिवर्तन नगरेपनि, सोही पब्लिकेशनमा लेखक (राईटर) परिवर्तन भयो भनेर १ कक्षा देखि १० सम्मका सबै पुस्तक परिवर्तन गरेको थियो । यसपाली उसको पनि पुस्तकको सूची सार्वजनिक भने भएको छैन । 

गतवर्ष धनगढी कै ग्यालेक्सीले नर्सरी देखि ८ सम्म स्वास्थ्य र नेपालीको पुस्तक परिवर्तन गरेको थियो । सामुदायीक विद्यालय तर्फ धनगढीकै चर्चित पञ्चोदय माविले पनि अंग्रेजी माध्यमतिर स्वास्थ्यको किताब परिवर्तन गरेको थियो भने एक्सीस विद्याश्रमले पनि नर्सनरी देखि ८ सम्मको अंग्रेजी र गणित परिवर्तन गरेको थियो ।

धनगढीको हसनपुरमा रहेको बालवाटिका मन्टेश्वरी स्कुलले त गतवर्ष रिजल्ट आएलगत्तै सार्वजनिक गरिएको पुस्तकको लिस्ट विचैमा परिवर्तन गरेर आधा विद्यार्थीले लगसकेका पुस्तक फिर्ता गराउन लगाएको थियो ।

शिक्षाको आधारभूततह स्थानीय तहको जिम्मा राखिएको छ । धनगढी उपमहानगरपालिकाले गतवर्ष एक सुर्कलर जारी गर्दै पाँच वर्षसम्म पुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको थियो । उसले कुनै पब्लिकेशनको पनि पुस्तक, पाँच वर्ष भन्दा अगाडि नै परिवर्तन नगर्न निर्देशन नै जारी गरेको हो । उपमहानगरले हरेक विद्यालयलाई गतवर्ष लगाईएको पब्लिकेशन र यसवर्षको तथ्यांक नै नगरपालिकामा पेश गर्न निर्देशन दिएको थियो । ‘त्यो तथ्यांक भरेका विद्यालय पनि यसवर्ष विभिन्न बहाना बनाउदै पुस्तक परिवर्तनको तयारीमा छन ।

कमिशनका लागि परिवर्तन
नीजि विद्यालयका सञ्चालकहरुले कमिशनका लागि पुस्तक परवर्तन गरेको आरोप लाग्दै आएको छ । राम्रो राईटरको पुस्तक भन्दा पनि कमिशन बढि दिने पब्लिकेशनको पुस्तकहरु बढी लगाउने गरिएको छ । 

पब्लिकेशनहरुले आफुनो पुस्तक विक्रि गराएबाफत विद्यालयका प्रधानाध्यापकलाई नगद रकम दिने, विद्यालयमा खानेपानी वा अन्य संरचना बनाई दिने गरेका छन । एक जना शिक्षक भन्छन, ‘पब्लिकेशनहरु कमिशनको प्रतिष्पर्धा हुन्छ । विद्यार्थी संख्या र पुस्तकको मुल्यका आधारमा कमिशन दिने गरिन्छ । अधिकांस पब्लिकेशनहरुले मुल्यको २५ प्रतिसत सम्म नगदै रकम दिने गरेका छन ।’

नीजि विद्यालयहरुलाई कमिशन दुई प्रकारले आउने गरेको छ । एउटा सिधै पब्लिकेशनबाट, किताब लगाई दिएवाफत । अर्को पुस्तकको लिस्ट सार्वजनिक नगरेर कुनै एक वा दुई मात्रै पुस्तक पसललाई दिए वाफत । एक जना पुस्तक ब्यवसायी भन्छन ‘हामीले विद्यालयमै गएर पनि लिस्ट माग्यौं तर दिन मान्दैनन । कमिशन बढी दिनेलाई मात्रै लिस्ट जाने गरेको छ ।’