Skip to main content

सुदूरपश्चिममा ७ पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिममा पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक धनगढी ः सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी, डोटी, अछाम र डडेल्धुरामा बुधबार बेलुकीसम्म ६ लाख ८० हजार ३७८ पाठ्यपुस्तक पुगेका हुन ।  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४ गते देखि बाजुराबाट पाठ्यपुस्तक वितरण सुरु गरेको थियो । ‘बाजुरामा आवश्यक १ लाख २७ हजार पुस्तक मध्ये १ लाख १० हजार पुस्तक पुग

धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी, डोटी, अछाम र डडेल्धुरामा बुधबार बेलुकीसम्म ६ लाख ८० हजार ३७८ पाठ्यपुस्तक पुगेका हुन । 

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४ गते देखि बाजुराबाट पाठ्यपुस्तक वितरण सुरु गरेको थियो । ‘बाजुरामा आवश्यक १ लाख २७ हजार पुस्तक मध्ये १ लाख १० हजार पुस्तक पुगिसकेका छन’  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख राम बहादुर कुवरले भने । ‘बाजुरामा लगभग ९० प्रतिसत भन्दा बढी पुस्तक पुगिसकेका छन ।’

यस्तै दार्चुलामा साढे ९१ हजार, बझाङमा एक ला ८७०, बैतडीमा एक लाख ५१ हजार २०, अछाममा ८० हजार ९६२, डोटीमा ११ हजार १८८ र डडेल्धुराका लागि ३५ हजार २११ पुस्तक पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले जानकारी दिए ।
कैलाली र कञ्चनपुर सुगमका जिल्ला भएकाले यी दुई जिल्लामा भने अझै पाठ्यपुस्तक वितरण सुरु भएको छैन । ‘हामीले पहाडि जिल्लालाई पहिलो प्रार्थमिकता दिएका छौं । हामीसँग जत्ती पनि पाठ्यपुस्तक छ, यसपाली अभाव हुदैन’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले भने । 

पहाडि जिल्लामा अझै पनि अधिकांस स्थानीय तहले विद्यालयहरुलाई रकम निकासा नगरेका कारण पनि पुस्तक लैजानमा ढिलाई भईरहेको बताए । 

उनले यसवर्ष कक्षा ५ को पुस्तक नीजि क्षेत्रलाई छाप्न नदिने भनिएकोमा केहीले गतवर्षकै पाठ्यक्रममा आधारमा पुस्तक प्रकाशन गरिरहेको बताए । ‘त्यसरी कक्षा ५ को पुस्तक यसवर्षबाट नीजि क्षेत्रले छाप्न पाउदैन, तर पुरानो मौज्दात रहेको भन्दै अहिले छापाखानाहरुले कक्षा ५ को पुस्तक छापेको पनि खबर आएको छ । यसमा सरकारको अनुगमन हुन सकेको छैन’ कुवरले भने ।