Skip to main content

धनगढी उपमहानगरमा अब नागरिकताको सिफारिस अनलाईनबाट

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरमा अब नागरिकताको सिफारिस अनलाईबाट

धनगढी : कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
आज (आइतबार) धनगढी उपमहानगरपालिका–२ का दीर्घराज जोशीकी छोरी प्रसंशा जोशीको नागरिकताको सिफारिस फारम कम्प्युटर सिस्टमबाट सिफारिस गरिएको हो ।

धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी राना र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रसंशा जोशीको नागरिकताको सिफारिस कम्प्युटर सिस्टमबाट सिफारिस गरि उक्त फारम हस्तान्तरण गरेर यस क्षेत्रमै पहिलो पटक अनलाइनबाट सिफारिस सुरु गरिएको हो । आजबाट यस्तो व्यवस्था सुरु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।