Skip to main content

उन्मुक्तिमा चल्यो कारवाहीको डण्डा, घनश्याम हटाएर कैलाशलाई संसदीय दलको जिम्मेवारी

Submitted by editor on
ईबिगुल संवाददाता
उन्मुक्तिमा चल्यो कारवाहीको डण्डा, घनश्याम हटाएर कैलाशलाई संसदीय दलको जिम्मेवारी

धनगढी : नागरिक उन्मुक्तिभीत्र अर्को कारवाहीको डण्डा चलेको छ । सभामुखले प्रदेश सभा सदस्य ईन्द्रा गिरिलाई पदबाट हटाए लगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले धनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएकी छन । 

उनले कमल बहादुर शाह नेतृत्वको सरकार भएका बेला भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीबाट हटाएका प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन । 

अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै जारी गरेको विज्ञप्तीमा यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ ।

अध्यक्ष चौधरीले यसको जानकारी सोमबार सुदूरपश्चिम संसद सचिवालयलाई समेत गराईसकेकी छिन । संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी गराएकी थिइन् ।