Skip to main content

धनगढी उपमहानगरको ‘आमा बचाउ कार्यक्रम’ लाई एम्बुलेन्स हस्तान्तरण

Submitted by editor on
ईबिगुल संवाददाता
एम्बुलेन्स हस्तान्तरण

धनगढीः  भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको ‘आमा बचाउ कार्यक्रम’ का लागि टाइप ‘बी’ एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।