Skip to main content

मुख्यमन्त्रीको दाबी खारेज भएपछि लक्ष्मणकिशोर भन्छन, ‘अब सर्वोच्च जान्छु’

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्रीको दाबी खारेज भएपछि लक्ष्मणकिशोर भन्छन, ‘अब सर्वोच्च जान्छु’

धनगढी : प्रदेश प्रमुखले नागरिक उन्मुक्तिका दुबै दाबी खारेज गरेपछि लक्ष्मणकिशोर चौधरीले सर्वोच्च जाने बताएका छन । मुख्यमन्त्री कमल बहादुर शाहको निवासमा मुख्यमन्त्री सहित नागरिक उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्यले पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वोच्च जाने बताएका हुन ।

‘मुख्यमन्त्रीमा हाम्रो दाबी पुग्छ । हामीसँग काँग्रेसका १८, नागकिर उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ गरी ३० जनाको समर्थन थियो तर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएन’ लक्ष्मणकिशोरले भने । ‘प्रदेश प्रमुखले संविधानको उलंघन गर्नुभयो ।’

लक्ष्मणकिशोरले मंगलबार प्रदेश प्रमुखलाई भेटेर पनि दुुबै दाबी खारेजीको निर्णण सच्चाउन माग गरेको बताए । ‘मैले प्रदेश प्रमुख ज्युलाई भेटेरै दाबी खारेजको निर्णय सच्चाउन भने, तर उहाँ मान्नुुभएन । मेरो सबै डकुमेन्टहरु पुुगेको छ । तर पनि म मुख्यमन्त्रीमा नियुक्त भएन । मैले बुझाएको  सबै डकुमेन्टको प्रतिलिपि प्रदेश प्रमुखको कार्यालयबाट लिई सकेको छ, अब सर्वोच्च जान्छु’ लक्ष्मण किशोरले भने ।

मुख्यमन्त्री निवासको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्रीहरु, नागरिक उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । मुख्यमन्त्री शाहले पनि प्रदेश प्रमुखले निश्पक्ष निर्णय नगरेको आरोप लगाएका थिए । 

तर प्रदेश प्रमुखको कार्यालयले भने केन्द्रमा महान्याधीवक्ता, कानूनका जानकारहरुको परामर्षका आधारमा एउटै पार्टीका दुई जनाको दाबी परेकाले कसले बहुमत पाउने भन्ने कुराको अन्यौल भएकाले दुबै दाबी खारेज गरिएको जनाएको छ ।