Skip to main content

गेटामा ६ सय सैय्याको अस्पताल सञ्चालनगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Submitted by editor on
ईबिगुल संवाददाता
ध्यानाकर्षाण

धनगढी : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आउदो संसदको अधिवेशनमा विधेयक लैजान माग गरेको छ । संघर्ष समितिले ६ अर्वका पुर्वाधार बनिसक्दा पनि त्यसको सञ्चालन विधि नबन्दा अन्यौल परेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षाण गराएका हुन । 

संघर्ष समितिले २०७९ माघको २९ गतेको निर्णय कार्यान्वयन गर्न पनि माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष–२०८०÷०८१ को नीति तथा कार्यक्रममा गेटामा बनेका पुर्वाधारमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउने घोषणा गरेको थियो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस हुनका लागि प्रतिक्षारत रहेको छ । संघर्ष समितिले उक्त विधेयक आउदो संसदको अधिवेशनमा लगेर पास गराउन माग गरेको छ ।

उक्त विधेयकत २०८० सालको असोज १६ गतेको मन्त्री परिषद्बाट अनुमोदन पनि भईसकेको छ । संघर्ष समितिका अध्यक्ष लोकराज पाण्डे र सचिव धर्मसिह कुवरले सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन आएका प्रधानमन्त्री दाहाललाई कञ्चनपुर पुगेर ज्ञापन बुझाएका हुन । 

स्वास्थ्य विश्वविद्यालयका परिकल्पना गरिएको गेटामा एक सय शैयाको अस्पताल तोकेर सुदूरपश्चिमबासीलाई ठगिएको संघर्ष समितिको आरोप थियो । गेटामा अहिले एक सय शैयाको अस्पताल भनिएपनि केही चिकित्सकले ओपिडि चेकजाँच गर्ने बाहेक अरु कुनै सुबिधा त्यहाँ सञ्चालन हुन सकेको छैन ।