Skip to main content

एमालेबाट बझाङ प्रदेश सभा उमेदवार भण्डारीलाई पितृशोक

Submitted by editor on
ईबिगुल संवाददाता
भण्डारी

धनगढी : नेकपा एमाले बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । 

उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा भण्डारी बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ ।

यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । 

यस्तै नेकपा एमाले प्रदेश कमिटिले पनि भण्डारीका बुवाको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले सोक बक्तब्य प्रकाशित गर्दै बुवाको निधनका कारण केही दिन भण्डारीको चुनाव प्रचार प्रसारमा ब्यवधान हुने भएकाले सबै कार्यकर्ताहरुलाई प्रचार प्रसारमा खटिन निर्देशन गरेको छ ।