Skip to main content

कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाण्डौं, राष्ट्रपतीले स्वागन गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाण्डौं, राष्ट्रपतीले स्वागन गर्ने

काठमाडौं : कतारका राजाका लागि संघीय राजधानी सिंगारिएको हो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि आज साँझ नेपाल आउन लागेका हुन् । 

उनको स्वागतका लागि काठमाडौं सिंगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक,चोकमा स्वागतद्वार, तुल ब्यानरका साथै दुवै देशको झण्डा राखिएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने,नयाँ बानेश्वर, माइतीघर, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइ गरिएको छ । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।