Skip to main content

कतारका राजाको नेपालमा भब्य स्वागत, राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
हमाद अल थानीलाई ने

काठमाडौं : कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीलाई नेपालमा भब्य स्वागत गरिएको छ । नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे । 

राजा थानीलाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

राजा थानीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । यस्तै आजै राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । 

महाराजगञ्जस्थित राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्दैछन । भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।