Skip to main content

बझाङमा निर्वाचन सुरक्षाका लागि १२ सय सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा निर्वाचन सुरक्षाका लागि १२ सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने

बझाङ : बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन । 

सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामाग्री सहित मतदानस्थलमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ ।बुधबार राती १२ बजेदेखि मौन अवधी सुरु भएकाले प्रचारप्रसार बन्द भएको छ ।

वैशाख १५ गते हुने मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू निर्वाचन खर्च र सामग्रीसहित मतदान केन्द्र र मतदान स्थलमा पुगिसकेका छन ।

निर्वाचन क्षेत्रभरी १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन । उप निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । 

७४ मतदान स्थलमा रहेका  ९३ मतदान केन्द्रमा ३१ हजार ५४९ पुरुष र ३० हजार १९९ महिला गरी कुल ६१ हजार ७४८ मतदाताले मतदान गर्नेछन ।  जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले शनिवार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएसँगै सबै केन्द्रमा कर्मचारी पुगेको बताए । 

बझाङमा ठूला साना दलका गरी ११ जना उमेदवार चुनावी मैदानमा छन । शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने हुने र निर्भयका साथ मतदानमा भागलिन आयोगले अपिल गरेको छ ।