Skip to main content

पौने २ किलो सुन र डेढ करोड रकम सहित दार्चुलाका दुईजना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पौने २ किलो सुन र डेढ करोड रकम सहित दार्चुलाका दुईजना पक्राउ

काठमाडौं : काठमाण्डौं उपत्यका अपराध अनुसन्धान  कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सात जनालाई पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान  कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो । उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान,  (तौल १ हजार ७६८ ग्राम), १ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । सुन बिक्री वितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३  टाँटेका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन् । यसैगरी भारत महाराष्ट्रका अमोल विभुते, ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जानकारी गराएको हो ।

पक्राउ परेका गणेश दत्त बडू यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ ।