Skip to main content

उत्तराखण्डका न्याउले र ईटहरीका दोहोरीले गुन्जायमान भयो दोगडाकेदार

Submitted by editor on
बैतडीको दोगडाकेदारमा नेपाल भारत काब्यगोष्ठी तथा साहित्य सम्मेलन सम्पन्न
शिवराज भट्ट
खोचलेक

खोचलेक (बैतडी) :  बैतडीको दोगडाकेदार गाउपालिकाको खोचलेकमा आयोजना गरिएको दुई दिवशीय साहित्य सम्मेलन तथा काब्य गोष्ठी सम्पन्न भएको छ । 

देवभूमी भनेर चिनिने बैतडीको दोगडाकेदारमा नेपाल र भारतका साहित्कारहरुको ठूलो जमघट भएको थियो । दोगडाकेदार साहित्य सम्मेलन तथा नेपाल भारत काब्य गोष्ठी नाम दिईएको साहित्य सम्मेलनमा दुुबै देशका मूर्धन्य साहित्कारहरुले आ–आफुनो प्रस्तुती दिएका थिए ।

सम्मेलनको साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटनमा ज्ञवालीले आफुनो, बिना सालिकका नायक कबिता संग्रहको कबिता प्रस्तुत गरेपछि सबै भावुुक भएका थिए ।

सशस्त्र द्वन्दको बेला बेपत्ता परिवारका पिडा कोरिएको यस कबिताले, सहभागिहरु भावुक मात्रै बनेनन, सशस्त्र द्वन्दले पिडा दिएकाहरुका आँखा रसाएका थिए । 

राष्ट्रियता संरक्षण अभियानले दुुई दिने साहित्य सम्मेलन तथा नेपालभारत काब्य गोष्ठीको आयोजना गरेको हो । सम्मेलनमा दुुबै देशका साहित्य अनुरागीहरुले आ–आफुनो प्रस्तुती राख्दै नेपाल र भारतका कलासंस्कृती समान रहेको बताए । भारतको मुनस्यारीबाट आएकी भगवती दनपुरीयाले गाएको न्याउले भाकामा पनि सबै मन्त्रमुग्ध भएका थिए । 

सम्मेलनमा नेपालको ईटहरी देखि पश्चिमका साहित्यकारहरुको सहभागिता रहेको थियो । मंगलबार र बुधबार दुुई दिनसम्म चलेको काब्य गोष्ठीले दुुई देशको सम्बन्धमा सुधार आउने र कलासंस्कृतीको संरक्षण हुने अपेक्षा गरिएको भारतको पिथौरागढका बरिष्ठ साहित्यकार डाक्टर पिताम्बर अवस्थीले बताए । 

कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिह रावल, पूर्व सांसद डा दिपक प्रकाश भट्ट, सहितका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । उद्घाटन शत्रको अध्यक्षता दोगडाकेदार गाउपालिकाका अध्यक्ष चक्रसिंह कार्की र कार्यक्रम प्रस्तुत शत्रको अध्यक्षता राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबुु लेखकले गरेका थिए ।