Skip to main content

बालकोटले ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीको विश्वासको मत अन्यौलमा

Submitted by editor on
शिवराज भट्ट
सोडारीको विश्वासको मत अन्यौलमा

धनगढी : विश्वासको मत लिनका लागि दुई पटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै विश्वासको मत दिन ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीले विश्वासको मत पाउने सम्भावना कम भएको हो ।

सोडारीले विश्वासको मतका लागि बैशाख २१ र २२ गते गरी दुई पटक प्रयास गरेका थिए । तर गठबन्धनकको एक प्रमुख घटक रहेको नेकपा एमालेले भने सोडारीले विश्वासको मत लिनुअघि सरसल्लाह नगरेको र हतार गरेको अरोप लगाउदै आएको थियो । 

शनिबार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल र प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल पार्टी अध्यक्ष ओली भेटन बालकोट गएका थिए । ‘बालकोटले विश्वासको मतका लागि ग्रीन सिग्नल’ दिएन’ एमालेका एक नेताले भने । ‘तत्कालै सोडारीले विश्वसको मत पाउने सम्भावना छैन ।’

सत्ता गठबन्धनभीत्र ओली र नेपालको सम्बन्ध चिसिएको असर सुदूरपश्चिममा परिरहेको हो । नेपालले ओलीका विरुद्ध अभिब्यक्ति दिदै जानु र गठबन्धन छोडने धम्की दिदै जानुले पनि ओली नेपाल प्रति खुसी छैनन  । ओलीले सोडारी विवादास्पद पात्र भएकाले उनको स्थानमा पात्र परिवर्तन गर्न भनेपनि नेपालले नमानेपछि दुबैजनाबीचको सम्बन्ध चिसिएको हो ।

‘नेपालले खुट्टा उचालीरहेका छन । केही दिन हेरौं, अझै समय छ’ ओलीको भनाई उदृध गर्दै बालकोट बैठकमा सहभागि एकजना एमाले नेताले भने । सोडारीले जेठको ५ गतेसम्मे विश्वासको मत लिईसक्नुपर्छ । सोडारी एमालेका १०, माओवादीको १०, समाजवादीका ४, उन्मुक्तिका २ र स्वतन्त्र १ जना गरी २७ जनाको समर्थनमा बैशाख ६गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

बहुमतका लागि पनि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन । बझाङमा एमाले जितेपछि अब सत्ता गठबन्धनसँग २८ जनाको बहुमत हुनेछ । काँग्रेसले उन्मुक्तिको रेशम पक्षका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । उक्त रिट उपर बैशाख २३ गते पेशी तोकिको छ । सवोच्चको पेशी भन्दा अगाडी विश्वासको मन लिन खोजेको र संविधान विपरित लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेको भन्दै काँग्रेसले संसद अवरुद्ध पार्ने चेतावनी दिदै आएको छ । 

सोडारीले केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडी सारेपछि एमाले उनी प्रति झनै चिढिएको छ ।