धनगढीः कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरी समेत ३ जनालाई स्पामो प्रोभोन ४० ट्याब्लेट लागूऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।