Skip to main content

विश्व प्रकृति संरक्षण कोषले धनगढी उपमहानगरलाई अवार्ड दिने

Submitted by editor on
ईबिगुल संवाददाता
अवार्ड प्रदान गरिने


धनगढी : धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिने भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ नेपाल) ले संरक्षण अवार्ड प्रदान गर्ने भएको छ ।

डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको छ ।  १९ मई का दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ ।