Skip to main content

एमाले उपमहासचिव ज्ञवाली भन्छन–काँग्रेससँग मिलेर सरकार बनाउने सम्भावना छैन

Submitted by editor on
शिवराज भट्ट
उपमहासचिव ज्ञवालीले

धनगढी : नेकपा एमालेका उपमहासचिव तथा स्कुल विकाग प्रमुख प्रदिप कुमार ज्ञवालीले अहिले काँग्रेससँग मिलेर सरकार बनाउने कुरा सम्भवै नरहेको बताएका छन । धनगढीमा आयोजना गरिएको पार्टी प्रशिक्षण कार्यक्रमलाइृ सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन ।

‘अहिले काँग्रेससँग मिलेर सरकार चलाउने हल्ला फैलिएको छ, जुन हल्लाका कारण नेकपा माओवादी पनि अलिअलि झस्किए जस्तो लाग्छ, तर अहिले त्यो सम्भवै छैन’ उपमहासचिव ज्ञवालीले भने ।

उनले गठबन्धनमा अविश्वासको वातावरण बनाउन चाहने तत्वहरु अहिले हावि भएको बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै हिसावकिताब गरेर अहिलेको गठबन्धन बनाउन तयार भएका हुन । एमाले ईमान्दारीताका साथ यो गठबन्धन र सरकारलाई बलियो बनाउनतिर लागिरहेको छ’ नेता ज्ञवालीले भने ।

उनले नेकपा एमालेले सुशासनका लागि ल्याएको १३ बुँदे नीतिले पार्टी बलियो हुने दाबी गरे । ‘पहिले पहिले सत्तामा भएको पार्टीको कार्यकर्ताले भ्रष्टाचार गरेको छ भने पनि छानबिन र कारवाही नै हुन्थेन, अहिले पार्टीले जो सुकै भएपनि छानबिन र कारवाही हुनुपर्ने नीति ल्याएको छ, यसले पार्टीलाई बलियो बनाउने छ’ उनले भने ।

उनले देश बनायो भने पार्टी आफै बलियो हुने तर्क गर्दै भने, ‘सरकारमा जाँदा पनि मालदार मन्त्रालय खोज्ने प्रबृत्ती राम्रो नभएको बताए । ‘मन्त्रालय जस्तो सुकै भएपनि काम राम्रो गर्न सकिन्छ’ उनले भने । 

प्रशिक्षणका कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष, पालिका प्रमुख उपपप्रमुुख, वडा सदस्यहरु सहित प्रदेश पदाधीकारीहरु सहभागि छन । एमाले केन्द्रिय स्कुल विभागको आयोजना र सुदूरपश्चिम प्रदेश समितिको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले गरेका छन । एमालेले बाग्मती, लुम्बिनी, कर्णाली र गण्डकीमा यो प्रशिक्षण गरिसकेको छ ।