Skip to main content

पत्रकार उपाध्यायलाई 'आइकन अफ सुदूरपश्चिम' अवार्ड प्रदान

Submitted by editor on
ईबिगुल संवाददाता
पत्रकार उपाध्यायलाई ''आइकन अफ सुदुरपश्चिम'' अवार्ड प्रदान

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीपक उपाध्यायलाई ''आईकन अफ सुदूरपश्चिम'' अवार्ड प्रदान गरेको छ । 

'उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश'' भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित तेश्रो प्रदेश युवा सम्मेलनमा नेपाली हेडलाइनका सह-सम्पादक उपाध्यायलाई सामाजिक अभियन्ता तर्फको ''आईकन अफ सुदूरपश्चिम'' अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले सह-सम्पादक उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

१०५ औं पटक रक्तदान गरी सयौंको जीवन बचाउन र युवाहरुलाई रक्तदान गर्ने कार्यमा प्रोत्साहन गरेकाे भन्दै  सम्मानित गरिएकाे हाे ।