Skip to main content

कैलालीको कैलारीमा नदीमा डुबेर दुई बालकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
नदीमा डुबेर

धनगढी : कैलालीमा नदीमा डुबेर  दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजेतिर कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाध नजिकैको नदीमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर घाइते भएका सोही ठाउँका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साउँदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी बिष्टले बताए ।
दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।