Skip to main content

ऐश्वर्य बहुमुखी क्याम्पसकी छात्राको दुर्घटनामा परि निधन

Submitted by editor on
ईबिगुल संवाददाता
ऐश्वर्य बहुमुखी क्याम्पसकी छात्राको दुर्घटनामा परि निधन

धनगढी :  धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको दुर्घटनामा परि निधन भएको छ ।

स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा निधन भएको क्याम्पसले जनाएको छ । बैशाख ५ गते दिपायलबाट धनगढी फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

उनी ऐश्वर्य विद्या निकेतनकी मेधाबी छात्रा हुन । शिक्षकहरुका अनुसार उनले १२ पास नगर्दै खरिदारमा लोकसेवा पास गरिसकेकी थिईन । यसपाली उनी आफन्तको मोटरसाईकलमा नेपाल राष्ट्र बैंकको परीक्षा दिन दिपायल गएकी थिईन । उनी चढेको मोटरसाईकललाई फर्किने क्रममा बसले ठक्कर दिएपछि गम्भिर घाईते भएकी थिईन । 

डडेल्धुरा अस्पताल, धनगढीको निसर्ग अस्पताल हुदै उनलाई भारतको राजधानी नयादिल्ली लगिएको थियो । क्याम्पसले उनको भारतमा उपचारकै क्रममा ज्यान गएको जनाएको छ । विद्यालयले प्रितीको मृत्यु भएपछि आज शोक विदा दिएको छ ।