Skip to main content

नाराबाजीपछि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश सभा

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु भएको छ । काँग्रेस र नाउपाका रेशम पक्षका प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेपछि संसद बैठक ३० मिनेटका लागि स्थगित भएको थियो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका थिए ।

केही ढिलो गरी सुरु भएको बैठकमा  नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन । उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए । सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए । 

सोडारीले आज विश्वासको मत लिने भएका छन । उनलाई एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नाउपा रञ्जीता पक्षका २ र स्वतन्त्र १ गरी २८ जनाको समर्थन रहेको छ । एमाले र माओवादीले विश्वासको मत दिन ह्विप नै जारी गरिसकेका छन ।