Skip to main content

तस्करीको सामान सहित पक्राउ परेका बुद्धीरामको प्रहरी हिरासतमै मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
तस्करीको सामान सहित पक्राउ परेका बुद्धीरामको प्रहरी हिरासतमै मृत्यु

धनगढी : तस्करीको सामान सहित पक्राउ परेर कैलाली प्रहरीको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कैलालीको हिरासतमा रहेका धनगढी गाउँका ३५ वर्षीय ा बुद्धीराम चौधरीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका सेती प्रादेशिक अस्पतालमा मृत्यु हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले, चौधरी जेड ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका बताए । 

उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ । आइतबार विहान सेती प्रादेशीक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।