Skip to main content

कैलाली र कञ्चनपुरबाट प्रहरीले समात्यो ६ लाखको तस्करीको सामान

Submitted by editor on
सामान बरामद

धनगढीः दुई जिल्लाबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी उपमहानगरपालिका–१९ फुलवारी, भजनी नगरपालिका–६ थापापुर, भजनी नगरपालिका–८ खैरा, टीकापुर नगरपालिका–७ वैदी, गौरीगंगा नगरपालिका–४ खुरखुरिया, जोशिपुर गाउँपालिका–१ पिपलकोटी, जोशिपुर गाउँपालिका–४ बाणी, कैलारी गाउँपालिका–४ के गाउ ग्राउण्ड, कैलारी गाउँपालिका–५ पबेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ५ लाख ३४ हजार ६९० बराबरको सामान बिहीवार बरामद गरिएको हो।

उक्त मुल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, चियापत्ती, प्लाष्टिक झिल्ली, जिरा, पानीपुरी, कस्मेटिक सामान, कुर्ती, सुरवाल, सुटपिस, हार्डवेयरका सामान, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएकोे जनाएको 

 कञ्चनपुर जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ बासखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९२ हजार ३५६ बराबरको सामान बरामद गरिएको छ। उक्त स्थानबाट कस्मेटिक, अन्डरबेयर, बर्थ–डेको सामान, बच्चाको साईकल, खुद्रा सामान, किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फेला पारी नियन्त्रणमा लिएको बताएको छ।