Skip to main content

पुजार सार्कीको प्रमोसनका लागि नायक पल शाह धनगढी आउदै

Submitted by editor on
ईबिगुल संवाददाता
पल शाह

धनगढी :  नायक पल शाह धनगढी आउने भएका छन । उनी सोमवार धनगढी आउने भएका हुन । चलचित्र पुजार सार्कीको प्रदर्शन भैरहेका बेला उनी धनगढीस्थित एसटीएस सिनेमा हलमा दर्शकसँग भेटघाटका लागि आउने भएका हुन् । 

उनी जेठ २१ गते बिहान ८ बजेको शोमा धनगढीस्थित हलमा आउने एसटीएस सिनेमाले बताएको छ । पुजार सार्की रिलिजको दोस्रो हप्ता आफ्ना दर्शकलाई भेट्न धनगढी आउन लागेको शाहले बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै शाहले आफू र पुजार सार्की टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेको जानकारी गराएका हुन् । 

फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न काठमाडौँ र जपानको टोकियोस्थित विभिन्न फिल्म हलमा पुगेका शाहले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन । पल धनगढी आउने भन्ने खबरले सोमवार पुजार सार्की फिल्मका लागि टिकट बुकिङ गर्नेहरु बढेको एसटिएस सिनेमा हलका म्यानेजर योगेन्द्र नायकले बताए । सोमवारका लागि अग्रिम टिकट बुकिङको समेत सुविधा रहेको उनले बताए ।