Skip to main content

यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अपिहिमाल गाउँपालिका–३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार कार्कीको मृत्यु भएको हो। यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैलाई सदरमुकाम ल्याउन समस्या भएको बताइएको छ ।