Skip to main content

मन्त्री सिफारिसमा माओवादी केन्द्रभीत्र चर्कियो विवाद

Submitted by editor on
ईबिगुल संवाददाता
चरम बिबाद देखिएको छ

धनगढी : सुदूरपश्चिम सरकार विस्तारका लागि नेकपा माओवादीभीत्र चरम बिबाद देखिएको छ । संसदीय दलका नेताले मनपरि नाम पठाएको भन्दै ५ जना प्रदेश सभा सदस्यहरुले विज्ञप्ती जारी गर्दै मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई ध्यानाकर्षण गराएका छन ।

माओवादीका प्रदेश सभा सदस्य खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । 
माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ । 

आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ । यस प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन् ।