Skip to main content

संविधान बमोजिम जनपक्षीय काम गर्छु : मन्त्री पाल

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्रबहादुर पाल

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले संविधानबमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पालले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

फेरिएको राजनीतिक समीकरण र परस्थितिका बाबजुत प्रतिपक्षमा रहेको एमाले पनि सरकारमा आएको बताउँदै उनले नयाँ जिम्मेवारी निर्वाह गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरे ।

अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले त्यसको सामना गर्दै अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो । कर्मचारीहरुलाई पालले प्रदेश सरकारलाई सफल बनाउने कुरामा गम्भीर भएर भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।