Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारले आज ३३ अर्वको बजेट ल्याउदै

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्र बहादुर पाल

धनगढी  ः केही बेरमा प्रदेश सरकारले झण्डै ३३ अर्वको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याउने तयारी गरेको हो ।

असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले शनिबार अपरान्ह ४ बजे संसदमा अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दैछन । 

चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याइने जनाएको छ । आर्थिक मामिला मन्त्रालय स्रोतले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको जनाएको छ ।