Skip to main content

धनगढीमा पुनः तीनदिन गर्मी बिदा

Submitted by editor on
ईबिगुल संवाददाता
गर्मी बिदा

धनगढी : धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ ।भोलि (बुधबार) देखि ७ गतेसम्म धनगढीमा विद्यालय बिदा दिने निर्णय भएको हो । अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिने दिने निर्णय धनगढी उपमहानगरपालिकाले गरेको हो ।

उपमहानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन÷अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन सूचित गरेको छ ।