Skip to main content

बैतडी हत्याकाण्ड–विरभानको शव ब्यवस्थापन गरेको आरोप लागेका अटोचालक पनि पक्राउ

Submitted by editor on
पहरीलाई प्रहरीले पाटन नगरपालिका–१ समैजी जंगलबाट पक्राउ गरेको जनाएको छ । एक बाँझो घरमा लुकीरहेको अजवस्थामा प्रहरीको टोलीले देखेपछि उनी जंगलतिर भाग्नेक्रममा पक्राउ परेका हुन ।
ईबिगुल संवाददाता
पुन्टु भनिने २६ वर्षिय आशिष पहरी

बैतडी : बैतडीको पाटन नगरपालिका ६ विरभान विष्ट हत्या प्रकरणमा फरार रहेका भनिएका अटोचालक पुन्टु भनिने २६ वर्षिय आशिष पहरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई पाटन नगरपालिका–१ समैजी जंगलबाट पक्राउ गरेको जनाएको छ । एक बाँझो घरमा लुकीरहेको अजवस्थामा प्रहरीको टोलीले देखेपछि उनी जंगलतिर भाग्नेक्रममा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी थिइन् । पहरी नै ती अटोचालक हुन् । विरभान हत्याकाण्डमा पहरीलाई, भागरथी पछिको मुख्य योजनाकारका रुपमा प्रहरीले आशंका गरेको छ ।

प्रहरीले हत्याका दिन भागरथीको घरमै रहेका भनिएका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र २० वर्षीय किशोर भट्टराईलाई डडेल्धुराको भत्काडाबाट पक्राउ गरेको थियो । 

बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले विष्ट हत्याकाण्डमा ५ जना पक्राउ परिसकेका छन । हत्यामा मुख्य अभियुक्त मानिएकी २६ वर्षीया भागरथी विष्टले विरमानको चिरपटले हानेर हत्या गरेको स्वीकार गरिसकेकी प्रहरीको दाबी छ । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिका हुन ।

एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी, शव व्यवस्थापन गर्नेको खोजीमा लागेको थियो । शव भने पाटन देखि झण्डै ५ किलोमिटर पञ्चेश्वरतर्फको भीरमा प्लाष्टिकमा बेरिएको अवस्थामा फेला परेको थियो । 

भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतवार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

सोमवार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।