Skip to main content

डडेल्धुराका अधिकांस स्थानीय तह र सरकारी कार्यालय निमित्तको भरमा

Submitted by editor on
संघिय कार्यालय भन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा वढि समस्या देखिएको छ । मनोमानी ढगंले कर्मचारी चलाउदा प्रदेश सरकार मातहतका कार्यालयमा वढिजसो निमित्त प्रमुख छन ।
धनबहादुर भण्डारी
डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्ला निमित्तको भरमा सञ्चालनमा रहेको छ । जिल्लाका प्राय सरकारी कार्यालय निमित्तको भरमा कामकाज गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देखि जिल्ला स्थित नगरपालिका र गाउपालिका समेत निमित्त कार्यालयको प्रमुखको भरमा सञ्चालनमा रहेका छन् । 

लामो समय देखि दरबन्दी नुसारका कार्यालय प्रमुखहरु नआउदा जिल्लाको विकास निर्माणको योजना वनाउदा र निर्णय लिदा समेत समस्या हुने गरेका छ । लामो समय देखि निमित्तको भरमा कार्यालय चल्दा सेवाप्रवाह र अन्य विषयगत कार्यालयका योजना निर्माणमा समेत समस्या हुने गरेको छ । 

विषय विशेषज्ञ रहनुपर्ने कार्यालय पनि निमित्तको भरमा चल्दा कार्ययोजनाका साथै जिल्लाको विकास हुन नसकेको आरोप सर्वसधारणको छ । विषय विशेषज्ञ सहितको सेवादिने गरि सचांलनमा आएको डडेल्धुरा अस्पतालमा प्रमुख नै नवौं तहका छन् । नेपाल सरकारले एघारौं तहको दरवन्दि रहनेगरि घोषणा गरेको सुदूरपश्चिम कै ठुलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताल स्थापनाकाल देखि नै निमित्तको भरमा रहेको छ । 

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अन्य दरवन्दि समेत पदपुर्तिहुन नसक्दा सेवाग्राही मार्कामा परिरहेको डडेल्धुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर ओझाले वताए ।

उसो त डडेल्धुरा अस्पताल सातौं तहका निमित्त मेसुले प्रशासन चलाएको उदाहरण पनि छ । निमित्तले प्रशासन चलाउदा वार्षिक कार्ययोजना र कामकाजमा समेत असरपर्ने गरेको देखिन्छ । विषय विशेषज्ञले कार्यालय चलाउदा उनिहरुको अनुभव र कार्यदक्षताले कार्यालयको अनुहार नै फेरिने र कर्मचारी विचमा पनि समन्वयात्मक वतावरण कायम हुने एक कर्मचारीले वताए ।

जिल्लामा रहेका चारदर्जन वढि सरकारी कार्यालय निमित्त प्रमुखले चलाई रहेका छन् । राजपत्रांकित तृतियको दरवन्दि रहेको मालपोत कार्यालय हाल नायव सुब्बाले धान्दै आएका छन । त्यसैगरि जिल्ला हुलाक कार्यालय पनि सुब्बाको भरमा छ ।

कृषि ज्ञान केन्द्र नवौं तहको कर्मचारी हुनुपर्नेमा छैटौं तहकाले कामचलाउदै आएका छन् भने जिल्ला आयुर्वेध स्वास्थ्य केन्द्रमा पनि सातौं तहको कार्यालय प्रमुख हुनपर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पनि निमित्तको भरमा छ । राजपत्रांकित द्वितिय क्षेणीको कार्यालय प्रमुख हुनुपर्ने ठाउमा तृतियले कामकाज गर्दै आईरहेका छन् । 

डिभिजन वनकार्यालय डडेल्धुरा पनि निमित्तको भरमा छ । डिभिजनल वन अधिकृतको दरबन्दी रहेको कार्यालय सहायक वन अधिकृतले चलाई रहेकाछन् । राजनीतिक खिचातानीका कारण कर्मचारी तथा कार्यालय प्रमुखको सरुवा भई रहन्छ । डिभिजन वनकार्यालय डडेल्धुरामा दुई महिनामा तीनजना कार्यालय प्रमुख आउने र सरुवा हुदै गरेका छन ।

जिल्ला समन्वय समिती, अमरगढी नगरपालिका र परशुराम नगरपालिकापनि निमित्त हाकिम  कै भरमा चलिरहेकाछन् । प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने भन्छन, ‘संघिय कार्यालय भन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा वढि समस्या देखिएको छ । मनोमानी ढगंले कर्मचारी चलाउदा प्रदेश सरकार मातहतका कार्यालयमा वढिजसो निमित्त प्रमुख छन । 

पटक पटक कार्यालय संग सरोकार रहेका प्रदेश सचिवलाई कर्मचारी अभाव र कार्यालयको प्रगती विवरणका वारेमा जानकारी गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानले बताए ।

घरेलु तथा शाना उद्योग कार्यालय, नेपाल विद्युत प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, यातायात व्यवस्था कार्यालय, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, तरकारी विउ उत्पादन कार्यालय, डडेल्धुरा अस्पताल, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय लगाएतका कार्यालयहरु निमित्तको भरमा छन ।

कतिपय कार्यालयमा त एकजना लेखापालले दुई भन्दा वढि कार्यालय हेरिरहेका छन् । असाढ मसान्तको वेला योजना फरफारक तथा विल भुक्तानीका लागि लेखापालहरुलाई भ्याइनभ्याई चलिरहेको छ । सरकारी कार्यालय र स्थानिय तह समेत हेर्नु पर्दा कतिपयको भुक्तानी समयमा हुन नसकेको उनिहरु वताउछन् ।