Skip to main content

हात भाँचिएका गोपालको निसर्ग अस्पतालद्वारा निशुल्क उपचार

Submitted by editor on
ईबिगुल संवाददाता
गोपाल थापा

धनगढी : धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी–१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निःशुल्क उपचार गरिदिएको छ ।

घर नजिकै घाँस काटन रुखमा चढेका उनी खसेपछि हात भाँचिएको थियो । उनलाई परिवारका सदस्यले निसर्ग हस्पिटलमा ल्याएका थिए । आर्थिक अबस्था निकै कमजोर रहेका थापालाई एक साता सम्म हस्पिटलले निःशुल्क उपचार गरेर शुक्रबार डिस्चार्ज गरेको छ ।

हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. श्रीराम खाती, डा. ओमकार बिष्ट, डा. बम बहादुर कुँवर एनेस्थेसियोलोजिस्ट डाक्टर द्वय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको स्थास्थ्यकर्मीको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका हुन ।

गोपालकी आमा दिलमाया थापाले हस्पिटल परिवारलाई धन्यवाद दिदै भनिन, ‘हाम्रो त केहि थिएन कोहि थिएन, बिहान बेलुकिको खाना कसरी जुटाउने भन्ने थियो, मेरो छोराको निःशुल्क उपचार गरिदिएर यो हस्पिटलले हामी माथी ठुलो गुन लगाएको छ ।’

बिरामिका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी थापाको निशुल्क उपचार गरिदिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए । हस्पिटलले उपचारको लागी आउने बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको छ ।