Skip to main content

एसईईमा कैलालीका ३० प्रतिशत विद्यार्थी उत्तीर्ण, ५ हजारले ग्रेड सुधारको परिक्षा दिन पाउने

Submitted by editor on
ईबिगुल संवाददाता
(एसईई)

धनगढी : बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा(एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भएका छन् । 

२०८० सालको एसईई परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उत्र्तिण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले उनीहरु मध्ये चार जनाले ४ जिपीए प्राप्त गरेको जानकारी दिए ।

३३४ जनाले ३.६ देखि ४ जिपीए, एक हजार २९९ जनाले ३.२ देखि ३.५९ जिपीए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपीए, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपीए र १८३ जनाले २.०१ द्येखि २.३९ जिपीए अंक प्राप्त गरेको धामीले बताए ।

कैलालीमा पाँच हजार ५० जनाले भने ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।