Skip to main content

शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको सहयोग

Submitted by editor on
बैंकको धनगढी शाखाले बिहिवार ७८ हजार ७५० रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।
ईबिगुल संवाददाता
नविल बैंक

धनगढी : शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले सहयोग गरेको छ । निजी क्षेत्रको नविल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो । 

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्यसामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले बिहिवार ७८ हजार ७५० रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग उपमहानगरले जनाएको छ । 

बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्यसामग्री खरिद गर्न सहयोग गरेको जनाएको छ । धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल थालेको छ ।

ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका विद्यालय नछोडुन भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो । कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।