Skip to main content

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने

Submitted by editor on
सुदूरपश्चिममा पनि रेडियोग्राफीको जनशाक्ति सहजै आपुर्ती होस भनेर यसपाली देखि यो कोर्ष सुरु गरिएको हो । यस कोर्षका लागि जम्मा तीन लाख ७५ हजार शुल्क लाग्छ : नर बहादुर बुडा, केन्द्र प्रमुख
शिवराज भट्ट
रेडियोग्राफी

धनगढी : सुदूरपश्चिमै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने भएको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको एकीकृत सामुदायीक विकास केन्द्र (सिआईसीडि) ले पहिलो पटक रेडियोग्राफीको पढाई सुरु गर्न लागेको हो । 

‘यसपालीबाट ३० जनालाई रेडियोग्राफीको अध्ययन गर्न अनुमती प्राप्त भएको छ’ एकीकृत सामुदायीक विकास केन्द्रका प्रमुख नरबहादुर बुडाले भने । सामुदायीक विकास केन्द्र २०५३ सालदेखि प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको संस्था हो । तीन वर्षे रेडियोग्राफी कोर्षमा एक्स–रे सीटि स्क्यान, एमआरआई र भिडियो एक्सरेको अध्ययन हुनेछ । 

‘यो कोर्ष भनेको रेडियोलोजिष्ट चिकित्सकको मातहत (असिस्टेन्ट) भएर काम गर्नेहरुको कोर्ष हो । अहिले बजारमा रेडियोग्राफी पढेको जनशक्ति अभाव छ । सुदूरपश्चिममा पनि रेडियोग्राफीको जनशाक्ति सहजै आपुर्ती होस भनेर यसपाली देखि यो कोर्ष सुरु गरिएको हो’ एककृत सामादायीक विकास केन्द्र धनगढीका प्रमुख नर बहादुर बुडाले भने ।

केन्द्रले सिटिईभीटीबाट सम्बन्धन लिएर १८ महिने अनमी, सिएमए, ल्याव असिस्टेन्ट, सिभिल ओभरसियर, इलेक्ट्रिकल सव ओभरसियर र कृषि जेटिए कक्षा पनि सञ्चालन गर्दै आएको छ । 

हरेक स्थानीय तहहरुमा अहिले अस्पताल खोलिएका छन । नीजि अस्पताल खुल्नेक्रम पनि बढेको छ । ती अस्पतालहरुमा एक्स–रे सिटि स्क्यान, एमआरआई र भिडियो एक्सरे मेसिन अपरेटिङका लागि जनशक्ति अभाव हुदै आएको छ । 

‘हरेक स्थानीय तहमा गर्भवतीलाई लक्षित गर्दै सरकारले भिडियो एक्सरे मेसिन उपलब्ध गराएको छ, तर जनशक्ति अभावले धेरै स्थानमा ती मेसिनहरु सञ्चालनमा छैनन, त्यसैले यसपछि प्रदेशमा रेडियोग्राफीको जनशक्तिको अभाव नहोस भनेर यो कोर्ष सुरु गरेका हौं’ केन्द्रका प्रमुख बुडाले भने ।

बुढाले सिटिईभीटीबाट मान्यमा प्राप्त रेडियोग्राफीको कोर्ष तीन वर्षको हुने र तीन वर्षको अध्ययन शुल्क तीन लाख पचहत्तर हजार मात्रै लाग्ने बताए ।