Skip to main content

विप्लव माओवादीका १५ कार्यकर्ता पक्राउ

Submitted by sandesh on
ईबिगुल संवाददाता
 पक्राउ परेका विप्लव माओवादीका कार्यकर्ता

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए।

पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीसहितका विद्यार्थी नेताहरू रहेका छन् ।