Skip to main content

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : आश्वासन ३ सय, उद्घाटन १० शय्याको आकस्मिक कक्ष

Submitted by editor on
ईबिगुल संवाददाता
उद्घाटन

धनगढी : गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारले संसदबाट ऐन पास गरिसकेको छ । तर, त्यो अनुसार सरकारले विश्वविद्यालय सञ्चालनका लागि तयारी नगरेको भन्दै आन्दोलन भईरहेको छ । आन्दोलनका कारण स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घुमाउरो पारामा उद्घाटन गर्नुपर्यो । एक दिन अगाडि अस्पतालले मन्त्रीबाट आकस्मिक सेवाको उद्घाटन गर्ने कुरा जानकारी गराएको थियो । तर, एकाएक बुधबार साँझ उद्घाटन कार्यक्रम रोकीएको सुचना आएको थियो ।
अस्पतालको गेटामा स्थानीयहरुले विरोध गरिरहँदा मन्त्री पौडेलले १० शय्याको आकस्मिक सेवा उद्घाटन गरेका हुन् । जवकी उनको कार्यतालिकमा गेटामा आकस्मिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम हटाई सकेको थियो । बिहिबार विहान धनगढीमा पत्रकार सम्मेलन लगत्तै धनगढीको राजपुरमा रहेको आयुर्वेधिक अस्पतालको कार्यक्रममा सहभागि भएको थिए । त्यस लगत्तै उनले गेटामा अहिले सञ्चालन रहेको ५० शैय्याको अस्पतालमा आकस्मिक अस्पतालको उद्घाटन गरेर छोडे ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एउटा कक्षको मात्र उद्घाटन गर्न लागेको भन्दै बुधबार विरोध गरेका थिए ।  सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन पश्चात् बोल्दै मन्त्री पौडेलले २० शय्याको इमर्जेन्सी सेवा सञ्चालन हुनु ठुलो कुरा भएको भन्दै आफ्नो बचाउ गरे ।
उनले आफ्नो कार्यकालमा इमर्जेन्सी सेवा सुरु भएकाले त्यसको उद्घाटन गर्ने कुरालाई विवादित बनाउन आवश्यक नरहेको उल्लेख गरे । उनले गेटा अस्पतालमा पर्याप्त इक्युवमेन्ट भए पनि अझै ५० प्रतिशत थन्किएको बताउँदै ती सबै सञ्चालनमा ल्याउन थप जनशक्ति थप गर्न आवश्यक रहेको बताए । उनले अघिल्लो आर्थिक वर्षमै ३ सय बेडको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति  विवरण अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेकाले यसै वर्ष भित्र थन्किएका सामाग्री प्रयोगमा आउने बताए ।
उनले गेटा अस्पताललाई पहिलो प्राथमिकतामा राखेको बताउँदै चालु आर्थिक वर्ष भित्र अस्पताललाई ३ सय शय्याको विस्तार गरेर आगामी शैक्षिक सत्र देखि एमबिबिएस पठाई सुचारु गरिने दोहोर्याए । मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गरिरहँदा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भने मूल गेटमा विरोध जारी राखेका थिए । 
मन्त्री पौडेलले सुटुक्क गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरेका हुन् । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ गोप्य रुपमा १० शय्याको आकस्मिक सेवा उद्घाटन गरिए पनि आफ्नो ३ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने, एमबीबीएस पढाइ सुरु हुनुपर्ने माग राखेको बताए । गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब ६८ करोडका भौतिक संरचना निर्माण गरिएका भएपनि हाल ५० शय्याको अस्पताल सञ्चालनमा छ ।